Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

कोरियामा मृत्यु भएका कमलको शव नेपाल ल्याइयो

कोरियामा मृत्यु भएका कमलको शव नेपाल ल्याइयो


  • 561
    Shares

    • images
    कोरियामा मृत्यु भएका कमलको शव नेपाल ल्याइयो
    images

    काठमाडौं । दक्षिण कोरियामा मृत्यु भएका उदयपुरको चौदण्डीगढी–५ बेल्हा निवासी कमल चौधरीको शव नेपाल ल्याइएको छ ।

    कतार एयरलायन्सको विमानर्फत उनको शव नेपाल ल्याइएको हो । शव आफन्तले बुझेर त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगार बोर्डको शव बाहनामा घर लिएका छन् ।

    विगत डेढ महिनादेखि कोरियाको बुसानस्थित अस्पतालमा कोमामा अचेत अवस्थामा रहेका चौधरीको अघिल्लो सोमबार निधन भएको थियो । ईपीएस मार्फत कोरिया गएका उनी केही समयदेखि कम्पनी छोडेर बसेका थिए ।

    काम खोज्दै सेल्टरमा बसिरहेको अवस्थामा उनी एकाएक ढलेपछि अस्पताल लगिएको थियो । अचेत अवस्थामै उपचारको क्रममा उनको निधन भएको थियो । उपचारको क्रममा उनको १७ लाख रूपैयाँ खर्च भएको थियो ।

    प्रकाशित मिति :भाद्र ८ २०८२ आइतवार - १३:३०:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij