Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

कोरोना संक्रमितलाई शय्या चाहिएको छ ? यी नम्बरमा फोन गर्नुस्

कोरोना संक्रमितलाई शय्या चाहिएको छ ? यी नम्बरमा फोन गर्नुस्


  • 6.1K
    Shares

    कोरोना संक्रमितलाई शय्या चाहिएको छ ? यी नम्बरमा फोन गर्नुस्

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमितको उपचारका लागि शय्या चाहिएमा सम्पर्क गर्न भन्दै केही टेलिफोन नम्बर सार्वजनिक गरेको छ ।

    मन्त्रालयले टोलफ्रि नम्बर ११३३ एवं मोबाइल नम्बरहरु ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको हो । मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।

    सङ्क्रमणको दोस्रो भेरियन्ट फैलिएर बिरामी बढ्न थालेपछि अहिले देशभरका अस्पतालहरुमा शय्याको अभाव देखिन थालेको छ ।बुधबार एकै दि न आठ हजार ६५९ जनामा संक्रमण देखिएको छ भने ५८ जनाको मृत्यु भएको छ ।

    ती नम्बरमा फोन गरे शय्या उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । चौबिसै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको मन्त्रालयको दाबी छ । रासस

    प्रकाशित मिति :बैशाख २३ २०७८ बिहिवार - १२:१५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij