Logo

२०८२ मंसिर २५ गते बिहिवार

२०८२ मंसिर २५ गते बिहिवार

पाकिस्तानमा वर्षाजन्य विपद्बाट २४ घण्टामा २४ जनाको मृत्यु, १५ जना घाइते

पाकिस्तानमा वर्षाजन्य विपद्बाट २४ घण्टामा २४ जनाको मृत्यु, १५ जना घाइते


  • 1.6K
    Shares

    पाकिस्तानमा वर्षाजन्य विपद्बाट २४ घण्टामा २४ जनाको मृत्यु, १५ जना घाइते
    images

    काठमाडौं । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले पाकिस्तानमा विगत २४ घण्टामा मनसुनी वर्षाका कारण कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएको जनकारी दिएको छ ।

    उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सबैभन्दा धेरै १४ बालबालिका सहित २१ जनाको मृत्यु भएको छ । दक्षिणी सिन्ध प्रान्तमा दुई जनाको मृत्यु भएको छ भने कश्मीरमा एक जनाको मृत्यु भएको जनाइएको छ ।

    आकस्मिक बाढी र भारी मनसुनी वर्षाका कारण धरैको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

    जुन महिनाको अन्त्यदेखि पाकिस्तानमा भएको मौसमी वर्षाले ७७१ जनाको ज्यान लिएको आधिकारिक तथ्याङ्कले देखाएको छ । 

    प्रकाशित मिति :भाद्र ६ २०८२ शुक्रवार - १७:१५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij