Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

थप ८० मेगावाट बिजुली बिक्री गर्न भारतले दियो स्वीकृति

थप ८० मेगावाट बिजुली बिक्री गर्न भारतले दियो स्वीकृति


  • 337
    Shares

    थप ८० मेगावाट बिजुली बिक्री गर्न भारतले दियो स्वीकृति
    images

    काठमाडौं । भारत सरकारले नेपालबाट थप ८० मेगावाट बिजुली खरिद गर्न स्वीकृति दिएको छ । ४८.५ मेगावाटको मेवा खोला र ३१.०४ मेगावाटको करुवा सेती जलविद्युत् आयोजनाको बिजुली निर्यात गर्न भारतले स्वीकृत दिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको हो । 

    प्राधिकरणका अनुसार यसअघि अनुमति प्राप्त ८१०.९ मेवा र गत साउन २६ मा थप २०० मेगावाट विद्युत् निर्यातको सहमति दिएको थियो । यस अघि अनुमति प्राप्त ८१०.९ मेवामा र थप २०० मेगावाट गरी कुल भारत निर्यात क्षमता १०१०.९ मेगावाट पुगेको थियो । 

    भारत सरकारले अझ थप ८० मेगावाट विद्युत् निर्यात गर्न दिएसँगै नेपालले १०९०.९ मेगावाट विद्युत् निर्यात गर्ने भएको छ । वर्षायाममा नेपालले बिजुली बिक्री गर्दै आएको छ भने सुख्खायाममा भारतसँगै किन्दै आएको छ । भारतसँगै नेपालले बंगलादेशलाई समेत ४० मेगावाट बिजुली निर्यात गर्दै आएको छ । 

    बङ्गलादेश निर्यातको ४० मेगावाट सहित नेपालको कुल निर्यात स्वीकृति ११३०.९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ  । नेपाल र भारतबिचको द्विपक्षीय सम्झौताअन्तर्गत मध्यम अवधिका लागि बिजुली निर्यात गर्न पाउने भएको छ । आगामी ३१ अक्टोबर २०२६ सम्मको बिजुली निर्यात गर्न पाइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

    गत साउनमा मात्रै भारत सरकारले नेपालका विभिन्न पाँच जलविद्युत आयोजनाबाट उत्पादन भएको थप २०० मेगावाट विद्युत् खरिदका लागि सहमति प्रदान गरेको थियो । 

    पछिल्लो पटक श्रावण २६ गते भारत सरकारबाट प्राप्त स्वीकृति ११ अगस्ट २०२५ देखि ३१ अक्टोबर सम्मको लागि रहेको छ । यस अन्तर्गत लिखु–२, लिखु खोला ए , लोअर सोलु, ठुलो खोला ,सुपर कावेली खोला ए र सुपर कावेली खोलाबाट उत्पादन भएको विद्युत् निर्यात हुने छ । 

    आर्थिक वर्ष २०८१\०८२ मा नेपालबाट १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात भएको छ । त्यसमा भारत सरकारबाट प्राप्त भएको थप निर्यात अनुमति र आगामी दिनमा थप प्राप्त हुने स्वीकृतिले चालु आर्थिक वर्षमा निर्यात दोब्बर हुने अनुमान प्राधिकरणले गरेको छ ।

     

    प्रकाशित मिति :भाद्र ६ २०८२ शुक्रवार - १२:२३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij