Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

गुल्मीमा खोलाले बगाएर एक जनाको मृत्यु

गुल्मीमा खोलाले बगाएर एक जनाको मृत्यु


  • 288
    Shares

    गुल्मीमा खोलाले बगाएर एक जनाको मृत्यु
    images

    काठमाडौं । गुल्मीमा छल्दी खोलाले बगाएर एकजना पुरुषको मृत्यु भएको छ । इस्मा गाउँपालिका वडा नम्बर-१ राहले निवासी ५३ वर्षका मानबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नारायणप्रसाद अघिकारीले बताएका छन् ।

    बुधबार रातिदेखि परिवारको सम्पर्कमा नरहेका कुमाल शुक्रबार बिहान इस्मा-२ छल्दी खोला किनारमा मृत फेला परेका थिए । स्थानीयका माछा मार्नेले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    घटनाबारे जानकारी पाएपछि हस्तिचौर र धनार्जी प्रहरी चौकीबाट खटिएको टोलीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि तम्घास पठाएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । 

     

     

    प्रकाशित मिति :भाद्र ६ २०८२ शुक्रवार - १०:२१:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij