२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि आज एकदिने मेगा अभियान सञ्चालन गर्दैछ ।
बिहान ८ बजे राष्ट्रिय सभागृहबाट सुरु हुने अभियानलाई ‘वाक एन्ड एक्ट’ नाम दिइएको छ ।
यस अभियानको क्रममा लामखुट्टे बस्ने स्थानहरू नष्ट गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने उपायबारे जानकारी दिन माइकिङ गर्ने लगायतका काम हुने महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख दिपक कुमार केसीले जानकारी दिए ।
गत साउन २७ गतेको विभागीय स्तरीय निर्णयअनुसार महानगरपालिका अन्तर्गतका सबै वडामा एकसाथ, एकै समयमा डेंगु रोगको रोकथाम तथा नियन्त्रणका लागि ‘वाक एन्ड एक्ट’ मेगा अभियान सञ्चालन गर्न लागिएको उनले बताए ।
यसअघि यस्तो अभियान महानगरपालिकाले हरेक हप्ताको शुक्रबार गर्दै आएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij