२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले निरन्तर एमालेकै कार्यकर्ता भएर काम गर्न चाहेको बताएकी छन् ।
उनले पार्टीले आफूलाई रोक्न खोजेपनि निरन्तर काम गरिरहने पनि बताइन् । बिहीबार सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘नेकपा एमालेले मार्गदर्शक सिद्धान्तको रूपमा जनताको बहुदलीय जनवादलाई लिएको छ ।
त्यसको मर्म र भावनाअनुसार हामीले काम गर्ने हो ।’ उनले त्यो भावनाअनुसार काम भयो कि भएन भनेर समीक्षा गर्ने समेत बताइन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij