Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण अन्तिम चरणमा

त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण अन्तिम चरणमा


  • 288
    Shares

    त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण अन्तिम चरणमा
    images

    काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको प्यारापिट निर्माण तथा सिट राख्ने काम अन्तिम चरणमा पुगेको छ ।

    प्यारापिट निर्माणका लागि बिकेओआई–केसीडिसी–बिजी जेभीले २०८१ फाल्गुन १९ गते सम्झौता गरेर २० गतेबाट काम थालनी गरेका थिए ।

    ४३ करोड ७७ लाख रुपैयाँमा ठेक्का लिएको निर्माण कम्पनीका प्रतिनिधि प्रेम पौडेलका अनुसार निर्माण कार्य ९५ प्रतिशतभन्दा बढी सकिएको र अब सरसफाइ, रेलिङ फिटिंग जस्ता काम मात्र बाँकी रहेको जानकारी दिए ।

    १० हजार दर्शक क्षमताको यो मैदान पूर्वी र पश्चिम गरी दुई खण्डमा रहेको र पूर्वी खण्डमा दुई हजार २९० कुर्सी राखिएको र पश्चिम खण्डमा ७ हजार ७ सय १० कुर्सी राखिएको पौडेलले जनाए ।

    फ्लड लाइड जडानका लागि २७ करोड ४० लाख रुपैयाँमा विशाण–ईश्वरी जोइन्ट भेन्चर ठेक्का लिएको अहिले ६ वटा लाइटका लागि सबै पोलहरू ल्याइसकेको र केही दिन जडानको काम सुरु गरिने जनाएको छ ।

     

    प्रकाशित मिति :भाद्र ५ २०८२ बिहिवार - १६:०१:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij