Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

विद्या भण्डारीलाई लक्षित गर्दै ईश्वरले भने : चुनौती आए भनेर मनोबल कमजोर नबनाउनू

विद्या भण्डारीलाई लक्षित गर्दै ईश्वरले भने : चुनौती आए भनेर मनोबल कमजोर नबनाउनू


  • 421
    Shares

    विद्या भण्डारीलाई लक्षित गर्दै ईश्वरले भने : चुनौती आए भनेर मनोबल कमजोर नबनाउनू
    images

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्भावित चुनौतीका बाबजुद मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्।

    पूर्वराष्ट्रपति भण्डारीको सम्पर्क कार्यालय उद्‌घाटन कार्यक्रममा बोल्दै पोखरेलले जननेता मदन भण्डारीले सुरु गरेको विचारको शुद्धीकरणलाई निरन्तरता दिनुपर्ने बताए।

     उनले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) लाई ‘मौसमी’ भनेर बुझ्न नहुने स्पष्ट पार्दै उनले भने, ‘टोपी लगाउने मात्रै विचारका संवाहक होइनौँ, जबजलाई व्यवहारमा उतार्न सक्षम हुनु पर्दछ ।’

    उनले जबज मार्क्सवादको विकासक्रमबाट बनेको विचार भएको भन्दै यसका पक्षमा उभिँदा चुनौती आउनु स्वाभाविक रहेको उल्लेख गरे। ‘चुनौती सँधै आउँछन्। त्यसको सामना गर्नुबाहेक अर्को विकल्प छैन,’ पोखरेलले भने।

    उनले एमालेको तर्फबाट कुरा राख्दै भोग्नुपर्ने अप्ठ्यारा र चुनौतीलाई स्वीकार्दै अघि बढ्न पनि विद्या भण्डारीलाई  सुझाव दिए । उनले ढाडस दिँदै भने, ‘चुनौती आए भनेर मनोबल कमजोर नबनाउनू। हामी चुनौती सामना गरेर नै यहाँसम्म आएका हौं’ ।

    प्रकाशित मिति :भाद्र ५ २०८२ बिहिवार - १५:२७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij