Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

संसदीय समितिबाट भूमि विधेयक पारित, माओवादी र रास्वपाले फरक मत राख्ने

संसदीय समितिबाट भूमि विधेयक पारित, माओवादी र रास्वपाले फरक मत राख्ने


  • 456
    Shares

    संसदीय समितिबाट भूमि विधेयक पारित, माओवादी र रास्वपाले फरक मत राख्ने
    images

    काठमाडौं । संसदीय समितिबाट भूमि विधेयक पारित भएको छ । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बिहीबार प्रस्तावित भूमिसम्बन्धी तीन विधेयक बहुमतले पारित गरेको हो । 

     बैठकमा प्रस्तावित प्रतिवेदनमा एमाले र कांग्रेसका सांसदले समर्थन गरेका थिए । सो आधारमा विधेयक बहुमतले पारित भएको हो । 

    तर, पारित भएको विधेयकमा विपक्षीले भने नोट अफ डिसेन्ट लेख्ने तयारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले सत्तापक्षले पास गरेको विधेयकमा आफूहरू सहमत नभएकोले नोट अफ डिसेन्ट लेख्न लागेको बताए । 

    ‘कांग्रेस एमाले मिलेर विधेयक पास गरे, हामी सहमत छैनौँ, प्रतिवेदनमा नोट अफ डिसेन्ट लेख्नेबारे छलफल गरिरहेका छौँ’, उनले भने ।

    प्रकाशित मिति :भाद्र ५ २०८२ बिहिवार - १३:१४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij