२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । भूमि सम्बन्धी विधेयक संसदीय समितिबाट बहुमतले पारित भएको छ । प्रतिनिधि सभाको अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विधेयक बहुमतले पारित गरेको हो ।
विधेयकको छलफलबाट माओवादी केन्द्र भने बाहिरिएको थियो । माओवादी र रास्वपाले विधेयकमाथि फरक मत लेख्ने भएका छन् । उनीहरुले फरक मत लेख्नका लागि समय मागेका थिए । सोहीअनुसार शुक्रबारसम्मको समय दिइएको समिति सचिवालयले जनाएको छ ।
समितिका सचिव शिवदत्त बरालका अनुसार फरक मत लेखेर भोलि शुक्रबार दिए पनि हुनेछ । माओवादी र रास्वपाले फरकमतसहित शुक्रबार पनि समितिको निर्णयमा हस्ताक्षर गर्न सक्ने उनले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij