Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

विक्रेताहरूको कदर गर्दै दराज नेपालद्वारा सातौ सेलर सम्मिटको भव्य आयोजना

विक्रेताहरूको कदर गर्दै दराज नेपालद्वारा सातौ सेलर सम्मिटको भव्य आयोजना


  • 274
    Shares

    विक्रेताहरूको कदर गर्दै दराज नेपालद्वारा सातौ सेलर सम्मिटको भव्य आयोजना
    images

    काठमाडौं । नेपालकै अग्रणी अनलाइन मार्केटप्लेस दराज नेपालद्वारा ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा आफ्नो सातौँ वार्षिक सेलर सम्मिट भव्यताका साथ आयोजना गरेको छ ।

    साउन ३० गते ‘ह्याप्पि सेलिंग’ भन्ने नारा सहित आयोजना गरिएको यस कार्यक्रममा देशभरिबाट ४७० जना विक्रेताहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

    सुरुवाती चरणमा विक्रेताको सशक्तिकरणको उद्देश्यका साथ आयोजना गरिएको सेलर सम्मिटलाई यस बर्ष अझ परिस्कृत गर्दै थप सुदृढताका साथ अघि बढाइएको छ ।

    यस बर्षको कार्यक्रम अन्तर्गत दराजले विक्रेताको अनुभवलाई सहज, पहिचानलाई एकीकृत, संलग्नतालाई थप गहिरो, योगदानलाई अझ व्यापक मान्यता दिने र व्यापारलाई अझ सबल बनाउने उद्देश्यका साथ आवश्यक श्रोतहरु प्रदान गर्ने व्यवस्था गरिएको थियो ।

    “दराजको सफलताको प्रमुख आधार नै हाम्रा विक्रेताहरूको समर्पण र लगनशीलता हो । हामी स्थानीय साना तथा मझौला उद्यम ९एसएमई० व्यवसायलाई अझ सक्षम बनाउन, लाखौं उपभोक्तासम्मको पहुँच दिलाउन र उहाँहरूलाई आवश्यक डिजिटल उपकरण उपलब्ध गराउन सदैव प्रतिबद्ध छौं ।

    ‘‘ह्याप्पि सेलिंग’ ’ मार्फत हामी हाम्रा विक्रेताहरूको विश्वसनीय सहयात्री बन्ने प्रतिवद्धतालाई पुनस् पुष्टि गर्न चाहान्छौँ । ”, दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले आफ्नो कि नोट प्रस्तुति दिँदै विशेष प्राथमिकताका साथ भन्नु भयो ।

    कार्यक्रममा दराज नेपालको नेतृत्व टोलीले पनि विक्रेताहरूसँगको सहकार्यले कसरी कम्पनीको वृद्धि र नेपालमा ई–कमर्सको विस्तारमा उल्लेखनिय भूमिका खेलेको छ भन्ने बारे आफ्ना अमूल्य दृष्टिकोणहरू पनि साझा गरेका थिए ।

    कार्यक्रमको संध्याकालीन सत्रको मुख्य आकर्षणका रुपमा २२ जना उत्कृष्ट विक्रेता तथा एफिलिएटहरूलाई सम्मानित गर्नु पनि रहेको थियो । कम्पनीका अनुसार उहाँहरूको लगनशीलता, नवीनता र ग्राहकलाई सदैव पहिलो प्राथमिकता दिने दृष्टिकोणले गर्दा नै उहाँहरु दराजमा सफलतापूर्वक व्यापार गर्न सकिन्छ भन्ने कुराको जीवन्त तथा उत्कृष्ट उदाहरणका रुपमा स्थापित गर्न सफल बन्नु भएका छन् ।

    प्रकाशित मिति :भाद्र ५ २०८२ बिहिवार - १०:५९:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij