Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

शिक्षा विधेयकमा शिक्षकहरूले संगठन खोल्न नपाउने कुरा पनि लेख्नुपर्छ: चन्द्र भण्डारी

शिक्षा विधेयकमा शिक्षकहरूले संगठन खोल्न नपाउने कुरा पनि लेख्नुपर्छ: चन्द्र भण्डारी


  • 729
    Shares

    शिक्षा विधेयकमा शिक्षकहरूले संगठन खोल्न नपाउने कुरा पनि लेख्नुपर्छ: चन्द्र भण्डारी
    images

    काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले शिक्षकहरूले संघ संगठन खोल्न नपाउने कुरा पनि विधेयकमा लेख्नुपर्ने बताएका छन्।

    प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबार बिहान बसेको बैठकमा सांसद भण्डारीले शिक्षकहरूले राजनीतिमा आबद्ध हुन नपाउने लेखेर मात्रै नहुने बताएका हुन्।

    ' प्राध्यापकहरुलाई राजनीति नगर्ने, आफ्नो पेशागत संघसंस्थामा आवद्ध हुन नपाउने, विद्यालयमै केन्द्रित हुने भनिएको छ, प्राध्यापकहरुले अर्को संगठन पनि खोल्न नपाउने लेख्नुपर्छ । कि त संघसंस्थामा आवद्ध हुन दिनुपर्छ । नत्र भने संघसंगठन खोल्न नदिने कुरा लेख्नुपर्छ,' उनले भने।

    उनले सरुवाको दफामा शिक्षकहरुले आपत्ति जनाएको बताउँदै खाली ठाउँमा सरुवा भएर जान पाइने कुरा स्पष्टसँग विधेयकमा लेखिनुपर्ने बताए।

    'हामी खाली भएको ठाउँमा जान पाइयोस् भन्नुभएको छ । जिल्ला, प्रदेश र गाउँको शिक्षकहरुले भन्नुभएको छ । यस्तो कुरा बुझिने गरी विधेयकमा राखौं,' उनले भने। सांसद भण्डारीले पाठ्यक्रममा प्रविधिको प्रयोग बढाउनेबारे आवश्यक विषय समेटिनुपर्ने पनि बताए।

    'जसरी भएपनि नयाँ प्रविधिको विकास भएको कुरा महशुस गर्नुपर्दछ । हाम्रो पाठ्यक्रममा विश्वव्यापीकरणको प्रविधिको कुरा अवलम्वन गर्ने कुरा राख्नुपर्छ,' उनले भने।

    प्रकाशित मिति :भाद्र ५ २०८२ बिहिवार - १०:५४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij