Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

पूर्वराष्ट्रपति भण्डारीको सम्पर्क कार्यालयको आज उद्घाटन, ईश्वर पोखरेलको पनि सम्बोधन

पूर्वराष्ट्रपति भण्डारीको सम्पर्क कार्यालयको आज उद्घाटन, ईश्वर पोखरेलको पनि सम्बोधन


  • 568
    Shares

    पूर्वराष्ट्रपति भण्डारीको सम्पर्क कार्यालयको आज उद्घाटन, ईश्वर पोखरेलको पनि सम्बोधन
    images

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालयको आज उद्घाटन हुँदैछ। नयाँ बानेश्वर नजिकै रहेको थापा गाउँमा भण्डारीको सम्पर्क कार्यालय उद्घाटन गर्न लागिएको हो। 

    ‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयका नामबाट उक्त भवनको उद्घाटन गर्ने तयारी छ। ‘मदन भण्डारी ७५ औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’का संयोजक डोरमणि पौडेलले दिउँसो २ बजे कार्यालयको उद्घाटन हुने जानकारी दिए। 

    व्यवस्थापनमा खटिएका एक नेताका अनुसार कार्यक्रमको प्रमुख अतिथि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बनाउने गरी सुरूमा छलफल भएको थियो ।

    ‘मूल समारोह समितिका संयोजक डोरमणि कमरेडले औपचारिक निम्तोका लागि समय माग्नुभयो, तर प्रधानमन्त्रीज्यूबाट समय नपाइएपछि विद्या भण्डारीबाटै उद्घाटन गर्न लागेका हौ’, ती नेताले भने ।

    एमालेका अन्य नेताहरूलाई पनि निमन्त्रणा पत्र दिइएको छ । केही नेतालाई हातैमा र नभेटिएकाहरूलाई केन्द्रीय कार्यालय सचिवमार्फत् पाउने गरी निम्तो थमाइएको छ ।

    उद्घाटन समारोहमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि सम्बोधन गर्ने तय भएको छ। नेता पोखरेल पछिल्लो समय भण्डारीको पक्षमा खुलेका छन्। 

    प्रकाशित मिति :भाद्र ५ २०८२ बिहिवार - १०:४८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij