Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


  • 337
    Shares

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाडौं । त्रिभुवन राजपथस्थित धादिङको धुनिवेशी नगरपालिका-७ मा भारतीय नम्बरको ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ध.२प. ३१४६ नम्बरको मोटरसाइकल चालक करिब ४२ वर्षीय पुरुष रहेका छन् ।

    उनको परिचय खुलेको छैन। बुधवार मध्यान्ह धुनिवेशीस्थित नौबिसेमा चितवनबाट काठमाडौं जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको युपी-५१ सिटी-२६०१ नम्बरको ट्रकले ठक्कर दिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले बताएका छन् । 

    ट्रक अनियन्त्रित भएर सडकबाट करिब २५ मिटर तल खसेको छ  भने दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल पछाडि सवार एक जना, ट्रक चालक २५ वर्षीय भारतीय नागरिक ईसाद आलम, ट्रकमा सवार जावी अन्सारी, उस्मान अन्सारी र ओस्लिम आलम रहेका छन् । मोटरसाइकल चालकको दुर्घटनापछि उपचारको क्रममा काठमाडौंको ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

     

    प्रकाशित मिति :भाद्र ४ २०८२ बुधवार - १७:३९:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij