Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

रञ्जिताले आफैंलाई दलको नेता घोषणा गर्दै संसद्‍मा पठाइन् पत्र

रञ्जिताले आफैंलाई दलको नेता घोषणा गर्दै संसद्‍मा पठाइन् पत्र


  • 463
    Shares

    रञ्जिताले आफैंलाई दलको नेता घोषणा गर्दै संसद्‍मा पठाइन् पत्र

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलको नेताबाट गंगाराम चौधरीलाई हटाएकी छन् । गंगारामलाई हटाएर उनले आफैँले दलको नेताको जिम्मेवारी राखेको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाएकी छन् ।

    पत्रमा अध्यक्ष श्रेष्ठले ‘यस नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताको भूमिकामा रहनु भएका  गंगाराम चौधरीलाई पार्टीको हित विपरीत कार्य गरे उपर पार्टीको विधान बमोजिम स्पष्टीकरण सोधिएको’ उल्लेख गरेकी छन् ।

    कारबाही गरेको हुँदा त्यहाँ यस पार्टीको संसदीय दलको नेताको पद रिक्त भएकोमा यस नागरिक उन्मुक्ति पार्टीको निर्णयअनुसार पार्टी अध्यक्ष स्वयंले संसदीय दलको नेताको भूमिका समेत निर्वाह गर्ने व्यहोरा जानकारी गराइन्छ’ पत्रमा भनिएको छ ।

     

    प्रकाशित मिति :भाद्र ४ २०८२ बुधवार - १६:४५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij