२०८२ भाद्र ४ गते बुधवार
काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार शेयर बजारमा सामान्य गिरावट आएको छ । आज शेयर बजार नेप्से परिसूचक ९.७० अंकले घटेर २,७६७ को विन्दुमा कायम भएको छ ।
आज ५९ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ । ३२३ कम्पनीको १ करोड ५२ लाख ६६ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २० करोडको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको २५ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको २१ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज होटल तथा पर्यटन र म्युचुअल फन्ड मात्रै वृद्धि भएको छ । यी बाहेकका अन्य समूहहरु घटेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij