Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

पैसा खाएको छ भने थुनेर हुँदैन, पैसा तिर्न लगाउनुपर्छः अर्थसमिति सभापति चालिसे

पैसा खाएको छ भने थुनेर हुँदैन, पैसा तिर्न लगाउनुपर्छः अर्थसमिति सभापति चालिसे


  • 659
    Shares

    पैसा खाएको छ भने थुनेर हुँदैन, पैसा तिर्न लगाउनुपर्छः अर्थसमिति सभापति चालिसे

     काठमाडौं । अर्थ  समितिका सभापति सन्तोष चालिसेले विद्यमान कानूनहरुमाथि प्रश्न उठाएका छन् ।

    अहिलेका कानूनहरु थुनेर कुरा सुन्ने खालका रहेको बताउँदै त्यसले निकास नदिने बताएका छन् । । बुधवारको अर्थसमितिको बैठकमा उहाँले कसैले पैसा खाएको छ भने त्यसलाई थुनेर नभई बाहिर राखेर पैसा तिर्न लगाउनुपर्ने धारणा राखे । उनले २५ हजार भन्दा बढी भारतीय रुपैयाँ ल्याउने कानून ठिक नभएको समेत बताएका छन् । उनले त्यस्तो प्रावधान संशोधन गर्नेगरी भन्सार विधेयक अघि बढाइने स्पष्ट पारेका छन् । 

    सभापति चालिसेले भने,–‘यस्ता कानून बनाउने को हो यो रु पैसा कसैले खाएको छ भने उसलाई तिराउने हो नि । थुन्ने होइन नि । कसैले कसैको पैसा खाएको छ भने पैसा तिराउने वातवरण हाम्रा कानूनले बनाइदिनुपर्छ । उसले पैसा नपाएर रुवावासी, यता थुनिने थुनभित्र रुवाबासी गर्नुपर्ने । त्यो पनि हुन्छ कहीँ । कसैले बद्मासी गरेको छ भने सम्पती रोक्का गरेर भएपनि हामीले तिनैपर्छ भन्नुपर्छ । थुन्नु हुँदैन । बाहिर राख्नुपर्छ । थुनेर के फाइदा हुन्छ । कसलाई फाइदा हुन्छ ?

    बुधवारको अर्थसमिति बैठकले वैकल्पिक वित्तसम्बन्धि विधेयकलाई सर्वसम्मती रुपमा पारित गरेको छ ।
     

    प्रकाशित मिति :भाद्र ४ २०८२ बुधवार - १५:०९:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij