Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

टप एन्ड टी-२० सिरिज : सोमपालको शानदार बलिङ, नेपालको लगातार दोस्रो जित

टप एन्ड टी-२० सिरिज : सोमपालको शानदार बलिङ, नेपालको लगातार दोस्रो जित


  • 554
    Shares

    टप एन्ड टी-२० सिरिज : सोमपालको  शानदार बलिङ, नेपालको लगातार दोस्रो जित

    काठमाडौं ।  अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको आफ्नो पाँचौं खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो ।

    नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको रेनेगेड्स २० ओभरमा १०६ रनमा अलआउट भयो । रेनेगेड्सका अर्जुन नायरले सर्वाधिक २६ रन बनाए । जे लेमिरले १८ तथा ह्‍यारी डिक्सनले १६ रन बनाए ।

    नेपालका लागि सोमपाल कामीले ४ ओभरमा १७ रन दिएर ५ विकेट लिए भने कुशल भुर्तेलले २ विकेट लिँदा रुपेश सिंह, दिपेन्द्रसिंह ऐरी र शाहब आलमले १-१ विकेट लिए ।

    त्यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले २२ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २९ रन बनाए । आजको खेलमा कप्तानी गरेका दिपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन बनाए ।

    लोकेश बमले १६ बलमा २४ रन बनाए । भीम सार्कीले १७ तथा आरिफ शेख र रुपेश सिंहले समान १२ रन बनाए । रेनेगेड्सका लागि फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले २-२ विकेट लिए ।

    नेपाल हालसम्म खेलेका ५ खेलमध्ये सुरुवाती ३ खेलमा लगातार पराजित हुँदा त्यसपछि लगातार २ जित निकालेको हो । मंगलबार भएको चौथो खेलमा भने नेपाल होबार्टविरुद्ध ६६ रनले विजयी भएको थियो ।

     

    प्रकाशित मिति :भाद्र ४ २०८२ बुधवार - १४:४६:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij