Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

‘सकम्बरी’बाट फिल्ममा फर्किंदै जीवन लुइँटेल

‘सकम्बरी’बाट फिल्ममा फर्किंदै जीवन लुइँटेल


  • 344
    Shares

    ‘सकम्बरी’बाट फिल्ममा फर्किंदै जीवन लुइँटेल

    काठमाडौं । अभिनेता जीवन लुइँटेलले ७ वर्षपछि फिल्ममा पुनरागमन गर्ने पक्का भएको छ । नाटक ‘शिरीषको फूल’ बाट थियटर डेब्यु गरेका अभिनेता जीवन लुइँटेल फिल्ममा पनि कमब्याक गर्ने भएका छन् । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको ‘सकम्बरी’ बाट उनले फिल्ममा आउने गर्ने भएका हुन् ।

    अभिनेता अर्पण थापाको समेत अभिनय रहने फिल्मको निर्देशकबारे आउँदो साता जानकारी दिइने एकेडेमीका सीइओ प्रकाश पुरीले बताएका छन् । 

    तिहारपछि छायाङ्कन हुने फिल्मको अहिले प्रिप्रोडक्सन भइरहेको छ । पारिजातको चर्चित पुस्तक ‘शिरीषको फूल’ का पात्रबाट प्रभावित भएर फिल्म बनाउन लागिएको हो । फिल्ममा जीवनले सुयोगवीर र अर्पणले शिवराजको चरित्र निर्वाह गर्नेछन् ।

    ‘यो फिल्मको कथा मोर्डन सकम्बरी, सुयोगवीर र शिवराजको हो । तर, कथावस्तु पुरै नयाँ हुनेछ’ उनले भने, ‘ती आधुनिक पात्रले कसरी बाँच्छन् र सोच्छन् कथा यसमा छ ।’

     

    प्रकाशित मिति :भाद्र ४ २०८२ बुधवार - १३:०४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij