Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

३१ म्युचुअल फन्डले गरे लाभांश घोषणा, २० प्रतिशतभन्दा बढी प्रतिफल

३१ म्युचुअल फन्डले गरे लाभांश घोषणा, २० प्रतिशतभन्दा बढी प्रतिफल


  • 288
    Shares

    ३१ म्युचुअल फन्डले गरे लाभांश घोषणा, २० प्रतिशतभन्दा बढी प्रतिफल

    काठमाडौं । अहिलेसम्म ३१ म्युचुअल फन्डले लाभांश घोषणा गरेको छ । हाल अंकित मूल्यकै हाराहारीमा म्युचुअल फन्डका योजना किनेर २१ प्रतिशतसम्म प्रतिफल पाउने अवसर आएको छ ।

    ५ वटा योजनाले २० प्रतिशतभन्दा बढी लाभांश घोषणा गरेको छ भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ २, सिद्धार्थ इक्वीटी फन्ड, सानिमा लार्ज क्याप, आरबीबी म्युचुअल फन्ड १ र लक्ष्मी उन्नति कोषले २० प्रतिशत बढी लाभांश घोषणा गरेको छे ।

    कतिपयको बुक क्लोज भई मूल्य समायोजन समेत भइसकेको छ । म्युचुअल फन्डको अंकित मूल्य प्रतिइकाइ १० रुपैयाँ रहेको छ । सोही १० का आधारमा इकाइधनीले लाभांश पाउँछन् । कुनै योजनाले २० प्रतिशत लाभांश घोषणा गरेको छ भने उसले दिने लाभांश प्रतिइकाइ २ रुपैयाँ हुनेछ ।

    २० प्रतिशत बढी लाभांश पाइने म्युचुअल फन्डको बजार मूल्य ११.२३ रुपैयाँदेखि ११.४५ रुपैयाँसम्म छ । लक्ष्मी उन्नति कोषको मूल्य समायोजन भइसकेको छ।

    खुद सम्पत्ति मूल्यका आधारमा यी योजना १५\२० प्रतिशत छुटमा पाइने गरेको छ भने एकातिर ठूलो दरको छुट मूल्य, अर्कोतिर नगद लाभांश हुँदा म्युचुअल फन्डको प्रतिफल पनि उल्लेख्य देखिएको छ ।

    अंकित मूल्यभन्दा कममा कारोबार भइरहेका इकाइले समेत लाभांश दिएका छन् । खुलामुखी र बन्दमुखी गरी नेपालमा दुई किसिमका म्युचुअल फन्ड सञ्चालनमा रहेका छन् । बुक क्लोज नभएका बन्दमुखी योजना दोस्रो बजारबाट खरिद गरेर लाभांश प्राप्त गर्न सकिन्छ ।

    म्युचुअल फण्डका विभिन्न नाममा ३८ बन्दमुखी योजना दोस्रो बजारमा सूचीकृत रहेका छन् । यीबाहेक १० वटा खुलामुखी योजना सञ्चालनमा रहेका छन् भने खुलामुखी योजना निश्चित एजेन्टबाट मात्रै कारोबार गर्न मिल्छ । दोस्रो बजारमा खुलामुखी योजना खरिदबिक्री हुँदैन । म्युचुअल फन्डले विगतमा एकै वर्ष ५० प्रतिशतसम्म लाभांश दिएको इतिहास छ ।

     

     

    प्रकाशित मिति :भाद्र ४ २०८२ बुधवार - ११:०६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij