Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

नारायणी अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु

नारायणी अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु


  • 4.4K
    Shares

    नारायणी अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु

    वीरगञ्‍ज । वीरगञ्जको नारायणी अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज– ४ विर्ताका ७० वर्षीय र रौतहटको गौर नगरपालिका-२ का ५४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

    योसँगै नारायणी अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या ३४ पुगेको छ । मृतक मध्ये २३ जना पर्साका, बाराका ६, रौतहटका ३ र सर्लाहीका २ जना छन् ।

    बैशाख १९ गते भर्ना भएका वीरगञ्जका संक्रमित बुधबार राति ११:३५ बजे र बैशाख २१ गते भर्ना भएका गौरका संक्रमितको बिहीबार बिहान ५स् ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पताल आएकै दिन दुवै विरामीको एन्टीजीन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    कोभिड निमोनियाका कारण दुवै फोक्सोले काम नगर्दा शरीरमा अक्सिजनको मात्रा कायम हुन नसकेर दुवैको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

    रौतहटका संक्रमितमा कुनै दिर्घ रोग थिएन । वीरगञ्जका संक्रमितमा भने पहिल्यैदेखि क्रोनिक अब्सट्रक्टीभ पल्मोनरी डिजीज पनि रहेको अस्पतालले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख २३ २०७८ बिहिवार - १०:५५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij