Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

उपेन्द्र यादवको प्रश्न–दरबार हत्या र दासढुङ्गा काण्ड कसले गरायो ?

उपेन्द्र यादवको प्रश्न–दरबार हत्या र दासढुङ्गा काण्ड कसले गरायो ?


  • 127
    Shares

    उपेन्द्र यादवको प्रश्न–दरबार हत्या र दासढुङ्गा काण्ड कसले गरायो ?

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दरबार हत्याकाण्ड कसले गरायो ? भन्दै प्रश्न गरेका छन् । नेपालका कतिपय घटनाहरू रहस्यमय तरिकाले भएको उनको भनाइ छ । 

    दरबार हत्या काण्ड, दासढुङ्गा काण्ड कसले गरायो ? भन्ने प्रश्न अझै अनुत्तरित रहेको उनको भनाइ छ । देशको राष्ट्रप्रमुख, दरबारको सुरक्षामाभित्र दरबार हत्या काण्ड कसरी भयो ? जनताले जान्न चाहेको उनले बताए । 

    नेपालमा कसैले सोच्दै नसोचेको र चिताउँदै नचिताएका घटनाहरू हुने गरेको उनले बताए । अध्यक्ष यादवले अनुमानको आधारमा कसैले कसैमाथि आरोप लगाउन नहुने बताए । १८ वर्षअघिको बहुचर्चित गौर नरसंहारमा आफ्नो कुनै संलग्नता नरहेको उनको भनाई छ ।  

    उनले सो घटनाको अनुसन्धान भइसकेको पनि दाबी गरे । एउटा होइन, चाररचार वटा संस्थाले अनुसन्धान गरेको उनले बताए । राष्ट्रसंघीय संस्थाहरूले समेत आएर अनुसन्धान गरेर प्रतिवेदन दिएको उनले जानकारी दिए । 

    गौरमा माओवादीका छापामारले आक्रमण गर्दा आफ्ना पार्टीका मान्छेहरू त्यहाँ नरहेको उनको दाबी छ । त्यहाँ बिसौँ हजार गाउँका जनता मात्रै भएको उनले बताए । त्यसबेला माओवादीहरूप्रति जनता आक्रोशित भएकोले पनि उक्त घटना भएको हुनसक्ने अध्यक्ष यादवले बताए । 

    माओवादीले अपहरण गर्ने, फिरौती माग्ने जस्ता कार्यहरू गर्ने गरेका कारण त्यसको रियाक्सनको रूपमा उक्त घटना भएको हुनसक्ने उनले बताए । अध्यक्ष यादवले उक्त घटनाको ओएचसिआर, मानवअधिकार आयोग र स्वयं न्यायिक अनुसन्धान भएको बताए । 

    पाटनको पुनरावेदन अदालतका मुख्य न्यायाधीशको संयोजकत्वमा बनेको न्यायिक छानबिन आयोगले पनि छानबिन गरेर त्यो कुराको पुष्टि गरेको उनको दाबी छ । राजनीतिमा प्रतिसोध साँध्ने, कुनै मुद्दालाई दबाउने कुराको लागि प्रयोग गर्ने हो भने त्यो बेग्लै कुरा भएको उनले बताए । 

    गौर नरसंहारको छानबिन अघि बढाउन भन्दै सर्वोच्च अदालतले भदौ २ गते आदेश दिएको थियो । गौर नरसंहारका घाइतेमध्येका एक त्रिभुवन साह लगायतले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले यो फैसला गरेको हो ।

    २०६३ को चैत्र ७ गते रौतहटको गौरस्थित राईसमिलको चौरमा भएको झडपमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए । त्यो दिन मधेसी जनअधिकार फोरम र माओवादीले एकै समयमा एकै ठाउँ कार्यक्रम आयोजना गरेका थिए । 

    प्रकाशित मिति :भाद्र ४ २०८२ बुधवार - १०:५१:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij