Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

आजदेखि गोरखा जिल्लाभर निषेधाज्ञा जारी, उल्लंघन गरे कडा कारवाही

आजदेखि गोरखा जिल्लाभर निषेधाज्ञा जारी, उल्लंघन गरे कडा कारवाही


  • 5.0K
    Shares

    आजदेखि गोरखा जिल्लाभर निषेधाज्ञा जारी, उल्लंघन गरे कडा कारवाही

    गोरखा । कोरोना भाइरस संक्रमितको संख्या उच्च हुदै गएपनि संक्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै गएको मध्य रातदेखि गोरखा जिल्ला भर निषेधाज्ञा जारी गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय गोरखामा हिजो बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले बिहीबारदेखि जिल्ला भर निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा बैशाख ३१ गते राती १२ बजे सम्म कायम हुने छ ।

    यसअघि गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, आरुघाट गाउँपालिका र भिमसेन थापा गाउँपालिकाकाे ७ र ८ मा मात्रै निषेधाज्ञा जारी गरिएकाे थियाे । अब जिल्लाभर ३१ गतेसम्म निषेधाज्ञा हुने बताइएकाे छ ।

    यससंगै कोरोना संक्रमण बढ्दै गएपछि रोकथामका लागि एकपछि अर्काे गर्दै निषेधाज्ञा गर्ने जिल्लाको संख्या ५६ पुगेको छ।

    देशका जम्मा ७७ जिल्लामध्ये अब निषेधाज्ञा जारी गर्न २१ जिल्ला मात्र बाँकी छन्।

    गृह मन्त्रालयको बुधबार साँझ ७ बजेसम्मको विवरणअनुसार निषेधाज्ञा घोषित जिल्लाको संख्या ५६ पुगिसकेको छ।

    प्रकाशित मिति :बैशाख २३ २०७८ बिहिवार - १०:४१:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij