Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

अमेरिकामा रहेकी उपसभामुखलाई शेखरको फोन, के भयो कुराकानी ?

अमेरिकामा रहेकी उपसभामुखलाई शेखरको फोन, के भयो कुराकानी ?


  • 596
    Shares

    अमेरिकामा रहेकी उपसभामुखलाई शेखरको फोन, के भयो कुराकानी ?

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अमेरिका भ्रमणमा रहेकी उपसभामुख इन्दिरा राना मगरसँग कुराकानी गरेका छन् ।

    उपसभामुख रानालाई हटाउने तयारीस्वरुप नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले हस्ताक्षर अभियान चलाइरहेका छन् । यसैबीच, कांग्रेस इतर पक्षको नेतृत्व गरिरहेका डा. कोइरालाले भने हस्ताक्षर गरेका छैनन् ।

    उनले केहीबेरअघि अमेरिकामा उपसभामुख राना मगरसँग कुराकानी गरेका थिए । अमेरिकामा रहेकी रानाले  भनिन्, ‘उहाँ (डा. शेखर कोइराला) ले फोन गर्नुभएको थियो । केहीबेर कुराकानी भयो । नेपालमा अहिले भइरहेको राजनीतिक परिस्थितिबारे जानकारी दिनुभयो ।’

    एमाले–कांग्रेसले उपसभामुख हटाउने तयारीस्वरुप हस्ताक्षर गरिरहेका छन् ।

    प्रकाशित मिति :भाद्र ३ २०८२ मंगलवार - १७:२२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij