Logo

२०८२ कार्तिक ३ गते सोमवार

२०८२ कार्तिक ३ गते सोमवार

उड्ने कार देखेपछि प्रधानमन्त्री दङ्ग, अवलोकनकर्ताको तँछाडमछाड

उड्ने कार देखेपछि प्रधानमन्त्री दङ्ग, अवलोकनकर्ताको तँछाडमछाड


  • 1.1K
    Shares

    उड्ने कार देखेपछि प्रधानमन्त्री दङ्ग, अवलोकनकर्ताको  तँछाडमछाड
    images

    काठमाडौं । १७औँ नाडा अटो शो आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको यस सवारी मेला भदौ ८ गतेसम्म चल्ने, उक्त मेलामा राखिएको उड्ने कारले धेरैको ध्यान खिचेको छ । । यस पटकको अटो शोको प्रमुख आकर्षणमा दिपल फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट रहेका छन्।

    शो सुरु भएकै दिन अवलोकनकर्ताको झुकाव अन्य सवारी साधनभन्दा पनि उड्ने कारप्रति बढी देखिन्छ। यो नेपालमा भित्रिएको पहिलो उड्ने कार हो।

    यसले नेपालमै अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीको अभावलाई पूर्ति गरेको छ। फिल्म, युट्युबमा देख्दै आएको उड्ने कार भृकुटीमण्डपको चौरमा छ। आफ्नै आँखाअघि छ।  

    सो कारलाई प्रयोगमा भने ल्याइने छैन । शो पिसको लागि मात्र मेलामा राखिएको बताइन्छ । उक्त कारको अवलोकनपछि प्रधानमन्त्री ओलीले चिनियाँ प्रविधिको प्रशंसा गर्नुभएको छ ।

    नाडा अटो शो हेर्न आउने अधिकतम अवलोकनकर्ता उड्ने कारले आकर्षित गरेको हो। कार उड्ने र गुड्ने दुवै प्रकारमा डिजाइन गरिएको छ। दुवै उत्तरी नाकामा बाढी र पहिरोका कारण नेपालको भूमि प्रवेश गर्न कारले आफ्नो दुवै क्षमता प्रस्तुत गर्न पाएन।

     

     

    प्रकाशित मिति :भाद्र ३ २०८२ मंगलवार - १४:२८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij