Logo

२०८२ माघ १९ गते सोमवार

२०८२ माघ १९ गते सोमवार

वीरगञ्ज भन्सारद्वारा साउन महिनामा १८ अर्ब ३९ करोड राजस्व संकलन

वीरगञ्ज भन्सारद्वारा साउन महिनामा १८ अर्ब ३९ करोड राजस्व संकलन


  • 1.1K
    Shares

    वीरगञ्ज भन्सारद्वारा साउन महिनामा १८ अर्ब ३९ करोड राजस्व संकलन

    काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा १८ अर्ब ३९ करोड ६७ लाख राजस्व संकलन गरेको छ । 

    वीरगञ्ज भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालय एउटै कार्यालयमा गाभिएपछि उक्त राजस्व संकलन भएको हो । गत साउन १ गतेदेखि दुवै कार्यालयले एउटैमा गाभिएर सेवा प्रवाह गर्दै आइरहेका छन् । 

    कार्यालयका अनुसार चालु आवको साउन महिनाको मासिक लक्ष्यको ८७.६८ प्रतिशत राजस्व संकलन भएको छ ।

    भन्सार विभागले कार्यालयलाई साउन महिनामा २० अर्ब ९८ करोड २१ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।  कार्यालयले गत आर्थिक वर्षको साउन महिनामा भने १५ अर्ब ९२ करोड राजस्व संकलन गरेको वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिएका छन् । 

    विभागले कार्यालयका लागि वार्षिक २ खर्ब ७३ अर्ब ३९ करोड ४८ लाख राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ ।

    प्रकाशित मिति :भाद्र ३ २०८२ मंगलवार - १३:०२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij