२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा १८ अर्ब ३९ करोड ६७ लाख राजस्व संकलन गरेको छ ।
वीरगञ्ज भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालय एउटै कार्यालयमा गाभिएपछि उक्त राजस्व संकलन भएको हो । गत साउन १ गतेदेखि दुवै कार्यालयले एउटैमा गाभिएर सेवा प्रवाह गर्दै आइरहेका छन् ।
कार्यालयका अनुसार चालु आवको साउन महिनाको मासिक लक्ष्यको ८७.६८ प्रतिशत राजस्व संकलन भएको छ ।
भन्सार विभागले कार्यालयलाई साउन महिनामा २० अर्ब ९८ करोड २१ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले गत आर्थिक वर्षको साउन महिनामा भने १५ अर्ब ९२ करोड राजस्व संकलन गरेको वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिएका छन् ।
विभागले कार्यालयका लागि वार्षिक २ खर्ब ७३ अर्ब ३९ करोड ४८ लाख राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij