२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ घर भएका ४२ वर्षीय लुङबहादुर महरा छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनले वैदेशिक रोजगारका लागि विदेश पठाउने भन्दै ठगी गरेको आरोप छ । पक्राउ परेका उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij