Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

एमालेले बोलायो आकस्मिक बैठक

एमालेले बोलायो आकस्मिक बैठक


  • 323
    Shares

    एमालेले बोलायो आकस्मिक बैठक

    काठमाडौं । सत्तारुढ नेकपा एमालेले आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा बोलाएको छ ।

    आकस्मिक रुपमा बोलाइएको बैठकको एजेन्डा केही खुलाइएको छैन । साढे दश बजे सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बोलावट भएको एमाले सांसद सूर्य थापाले जानकारी दिएका छन् ।

    प्रतिनिधि सभाको बैठक भोलि बुधबार बस्दैछ । त्यसअगाडि आज एमालेले संसदीय दलको बैठक आकस्मिक रुपमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    छलफलको विषयवस्तु प्रस्ट पारिएको छैन । तर संसदमा विचाराधीन र विवादित कतिपय विधेयकहरूको बारेमा दलको धारणा बनाउन आकस्मिक छलफल आयोजना गरिएको बताइएको छ । 

     

    प्रकाशित मिति :भाद्र ३ २०८२ मंगलवार - १०:२५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij