Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

वाणिज्य विभागको महानिर्देशकमा ज्ञवाली नियुक्त

वाणिज्य विभागको महानिर्देशकमा ज्ञवाली नियुक्त


  • 267
    Shares

    वाणिज्य विभागको महानिर्देशकमा ज्ञवाली नियुक्त

    काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा रोशन ज्ञवाली नियुक्त भएका छन् । सोमबारदेखि उनी विभागमा उपस्थित भएका छन् । 

    दुई महिनाअघि मात्रै सहसचिव बनेका ज्ञवाली यसअघि लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रमा कार्यरत थिए ।  यसअघि विभागको महानिर्देशक कुमारप्रसाद दाहाल थिए ।

    दाहाल समावेशी आयोगमा सरुवा भएपछि ज्ञवालीलाई नियुक्त गरिएको हो । बजार अनुगमनमा कडाइ गरेपछि निजी क्षेत्रले विरोध गर्दै आएका थिए ।

    यसका साथै दाहाललाई असारको पहिलो सातातिर अन्यत्र सरुवा गर्ने चर्चा चलेको थियो । गत साउन २६ गते उनलाई समावेशी आयोगमा सरुवा गरिएको थियो ।

    प्रकाशित मिति :भाद्र २ २०८२ सोमवार - १७:३२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij