Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

झुन्डिएको अवस्थामा मृत भेटिइन् स्वास्थ्यकर्मी भागरथी विष्ट

झुन्डिएको अवस्थामा मृत भेटिइन् स्वास्थ्यकर्मी भागरथी विष्ट


  • 491
    Shares

    झुन्डिएको अवस्थामा मृत भेटिइन् स्वास्थ्यकर्मी भागरथी विष्ट

     काठमाडौं । बैतडीको पुर्चौंडी नगरपालिका-१० स्थित विजयपुर स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी मृत फेला परेकी छन्। मृत फेला पर्नेमा स्वास्थ्य चौकीमा कार्यरत २४ वर्षीया अनमी भागरथी विष्ट रहेकी छिन्।

    बस्ने कोठामा आइतबार राति ८ बजेतिर विष्ट झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले बताएका छन्। पुर्चौडी-१० चौमाला घर भएकी मृतक विष्टका श्रीमान् नेपाली सेनामा कार्यरत रहेको र गत वैशाखमा मात्रै उनीहरूको विवाह भएको थियो।

    अनमी झुण्डिएको अवस्थामा फेला परेपछि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउद नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    प्रकाशित मिति :भाद्र २ २०८२ सोमवार - १६:४२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij