Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

भण्डारी भन्छिन्- राजा र राष्ट्रपति उस्तै होइन

भण्डारी भन्छिन्- राजा र राष्ट्रपति उस्तै होइन


  • 316
    Shares

    भण्डारी भन्छिन्- राजा र राष्ट्रपति उस्तै होइन

     काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति एउटा पद भएकाले पदावधि सकेपछि राजनीतिमा फर्कन मिल्ने बताएकी छन् ।

    सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपति आवधिक हुने भएकाले अवधि सकिएपछि राजनीतिमा फर्कन मिल्ने बताएकी हुन् ।

    गणतन्त्र र राजतन्त्रमा फरक-फरक संवैधानिक व्यवस्था हुने र राजा भनेको व्यक्ति भएको तर राष्ट्रपति भनेको पद भएकाले राजनीतिमा फर्कन कुनै बाधा नभएको उनको तर्क छ ।

    एमालेसँग आफ्नो ४५ वर्ष लामो राजनीतिक यात्राको स्मरण गराउँदै उनले एमालेकै नीति-कार्यक्रमअनुसार अघि बढ्ने स्पष्ट पार्नुभयो । एमालेले आफूलाई स्वीकार नगरे पनि आफू एमाले नै भएको भण्डारीले बताइन् ।

    ‘मैले राष्ट्रपतिको पदावधि सक्किएपछि पार्टीको सदस्यता नवीकरण गरेको हो । अहिले एउटा संगठित सदस्यको हैसियतले काम गरिरहेको छु’, उनले भनिन् ।

    पुर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्किएपछि संविधानको औचित्य सकिएन रु भन्ने प्रश्नमा पूर्वराष्ट्रपति भण्डारीले यस्तो विषयमा संविधानविद्हरूले जवाफ दिने बताइन् ।

    मुलुकमा धेरै वामपन्थी दलहरू रहेकाले वाम एकता हुने सम्भावना नदेखेको उनको भनाइ छ । एमालेले गरेको सदस्यता नवीकरण खारेजसम्बन्धी निर्णयबारे गरिएको प्रश्नमा भण्डारीले आफूलाई औपचारिक जानकारी नआएको बताएकी छन् ।

    प्रकाशित मिति :भाद्र २ २०८२ सोमवार - १४:०७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij