२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सरकारसँग ५ अर्ब रुपैयाँ अल्पकालीन ऋण लिएको छ । अर्थ मन्त्रालयले गत असार २० गते प्राधिकरणलाई १० अर्ब ऋण लिन स्वीकृति दिएको थियो ।
अर्थ मन्त्रालयको स्वीकृतसँगै ५ अर्ब रुपैयाँ प्राधिकरणले अल्पकालीन ऋण लिएका नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिएका छन् ।
कार्यकारी निर्देशक शाक्यले नगद अभावका कारण ५ अर्ब रुपैयाँ अल्पकालीन ऋण लिएर विभिन्न ठेक्काको भुक्तानी गर्न सुरु गरिएको बताएका छन् ।
उनका अनुसार उक्त ऋण सरकारले ५.३८ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको हो।
प्राधिकरणले आगामी आर्थिक वर्षका लागि थप ५ अर्ब अल्पकालीन ऋणका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिसकेको बताएका छन् । कार्यकारी निर्देशक शाक्यले प्राधिकरणमा नगद अभाव भएको र देशभर गुणस्तरीय विद्युतीकरणदेखि क्षमता अभिवृद्धिको काम गर्नुपर्ने भएकाले सरकारसँग ऋण लिएर काम थाल्ने बताएका छन् ।
उनले विद्युत् प्रसारण लाइन क्षमता वृद्धिको लागि ऋण लिनै पर्ने भएकाले प्राधिकरणले ऋण लिएको बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij