२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । मुलुकमा एकैदिन ८ हजार ६ सय ५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा काठमाडौं उपत्यकामा पनि संक्रमण उच्च देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ४ हजार ८ सय २५ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ हजार ८ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा ५१८ जनामा संक्रमण पुष्टि हुँदा भक्तपुरमा ४ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij