२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राईले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि विभिन्न १८ निकायहरूमा पठाएका छन् ।
सभामुख देवराज घिमिरेले निर्देशनअनुसार प्रतिवेदन कार्यान्वयनका पठाएका हुन् । संसद् सचिवालयका अनुुसार सबै दलका संसदीय कार्यालयहरूमा पठाइएको छ । प्रतिनिधिसभामा १४ वटा राजनीतिक दलका संसदीय दलको कार्यालय रहेका छन् ।
कुलिङ अफ पिरियडको गडबडीसँग सम्बन्धित यो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संघीय संसद सचिवालयमा समेत कार्यान्वयनका लागि पठाइएको छ ।
कुलिङ अफ पिरियडको प्रावधान गडबडीमा संसदीय छानबिन विशेष समितिले प्रत्यक्ष जिम्मेवारका रुपमा औंल्याएका सभापति रामहरि खतिवडाले राजीनामा दिइसकेका छन् ।
नैतिक र राजनीतिक प्रश्न उठेपछि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका हुन् । राज्य व्यवस्था तथा सशासन समितिका सचिव सुरज कुमार दुरा सचिवको जिम्मेवारीबाट हटेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij