Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गज्जबको पिरो चाउचाउ अब नयाँ प्याकेटमा पनि

गज्जबको पिरो चाउचाउ अब नयाँ प्याकेटमा पनि


  • 1.2K
    Shares

    • images
    गज्जबको पिरो चाउचाउ अब नयाँ प्याकेटमा पनि

    काठमाडौं । लामो समयदेखि विभिन्न ब्रान्डका चाउचाउमार्फत नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा सेवा पुर्याउँदै आएको सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्स प्रा.लिले आफ्नो लोकप्रिय उत्पादन गज्जबको पिरो चाउचाउ नयाँ आकारमा बजारमा ल्याएको छ।

    अत्यधिक रुचाइने यो चाउचाउ अबदेखि १२० ग्रामको नयाँ प्याकेटमा उपलब्ध हुने भएको छ। कम्पनीले उक्त प्याकेटको खुद्रा मूल्य रु. ५० तोकेको छ। यसअघि भने यो उत्पादन २० रुपैयाँ प्रतिप्याकेटका दरमा बजारमा उपलब्ध हुँदै आएको थियो।

    कम्पनीका अनुसार नयाँ प्याकेटमा उपभोक्ताले स्वादिलो कोरियन किम्ची स्वादको अतिरिक्त आनन्द लिन सक्नेछन्। यो उत्पादन बजारमा पाइने अन्य चाउचाउभन्दा अझ उत्कृष्ट, परिष्कृत र उपभोक्तामुखी रहेको कम्पनीको दाबी छ।

    गज्जबको पिरो चाउचाउले हाल नेपाली मात्र नभई अन्तर्राष्ट्रिय बजारमा समेत लोकप्रियता कमाइरहेको कम्पनीले जनाएको छ।

    प्रकाशित मिति :भाद्र १ २०८२ आइतवार - १७:२९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij