Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

बाजुरामा बालिकामाथि पेट्रोल छर्किएर आगो लगाइयो, दुई जना पक्राउ

बाजुरामा बालिकामाथि पेट्रोल छर्किएर आगो लगाइयो, दुई जना पक्राउ


  • 7.6K
    Shares

    बाजुरामा बालिकामाथि पेट्रोल छर्किएर आगो लगाइयो, दुई जना पक्राउ

    बाजुरामा बालिकालाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

    सोमबार त्रिवेणी नगरपालिका ९ मलालगाउँमा विवाहमा नाचगान गरिरहेको समयमा सोही ठाउँका १४ र १६ वर्षीया बालिकालाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा सोही नगरपालिका-८ का १६ वर्षीय सुमन गिरी र शिखर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

    उनीहरूले ती बालिकालाई गोप्य ठाउँमा लगेर पेट्रोल छर्केर आगो लगाएर भागेका थिए । १४ वर्षीय बालिका भागेर स्थानीयलाई खबर गरेपछि उनीहरूले आगो निभाएका थिए । घटनामा दुबै बालिका घाइते भएका छन् ।

    प्रहरीका अनुसार १६ वर्षीय बालिकाको ढाड र कम्मर जलेको छ । पक्राउ परेकामाथि तेजाब प्रयोग गरी अंगभंग गर्न नहुने कसुरमा मुद्दा दर्ता गरेर कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख २२ २०७८ बुधवार - १५:१८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij