Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

बजेटका उद्देश्य पूरा गर्ने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन

बजेटका उद्देश्य पूरा गर्ने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन


  • 659
    Shares

    बजेटका उद्देश्य पूरा गर्ने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटले लिएका उद्देश्यहरू पूरा गर्ने गरी काममा लाग्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

    शुक्रबार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन । उनले चालु आर्थिक वर्षको बजेट यथार्थपरक रहेकाले आर्थिक वृद्धि, पूँजीगत खर्च, राजस्व सङ्कलन लगायतका लक्ष्यहरू पूरा गर्नका लागि अहिलेदेखि सक्रिय भएर लाग्न निर्देशन दिएका छन् । 

    औसत प्रयासले लक्ष्यहरू पूरा गर्न नसकिने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले कार्यशैली बदल्न जरुरी रहेको बताएका छन् । उनले समस्यहरुमा अल्झिने भन्दा समाधानका लागि सकारात्मक भूमिका निर्वाह गर्न र नतिजालाई ध्यान आग्रह गरेका छन् । 

    निजी क्षेत्रको मनोबल बढाउन अध्यादेश, नीति तथा कार्यक्रमहरूले ल्याइएको, संवादलाई बढाइएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले यसबारे थप अध्ययन तथा अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन् ।

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले अर्थतन्त्रका सूचकहरू ठिक भए पनि निजी र  सार्वजनिक क्षेत्रमा ‘इकोनोमिक कन्फिडेन्स’ बढाउन जरुरी रहेको बताएका छन् । 

    नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले ब्याजदर कम भएका बेला अर्थतन्त्रलाई अझ बढी चलायमान बनाउन निश्चित क्षेत्रमा सरकारले नै ‘विग पुस’ गर्नुपर्नेमा जोड दिएका छन् । 

    अर्थ सचिव घनश्याम उपाध्यायले विगतको लक्ष्य र नतिजाहरू आइसकेका हुनाले आत्मसमीक्षा गरी  काममा केन्द्रित हुनु पर्ने बताएका छन्  भने राजस्व सचिव दिनेशकुमार घिमिरेले कार्यक्रमहरू कार्यान्वयनमा अहिलेदेखि तदारुकताका साथ लाग्दा मात्र लक्ष्यहरू पूरा हुन सक्ने बताएका छन् । 

    अर्थ मन्त्रालय योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख तथा प्रवक्ता श्यामप्रसाद भण्डारीले अर्थतन्त्रका सूचकहरू सकारात्मक रहेको जानकारी दिँदै आगामी दिनमा थप समन्वय र सहजीकरणलाई प्राथमिकता दिने बताएका छन् । 

    बैठकका सहभागीहरूले कार्यक्रम कार्यान्वयनका क्रममा देखा पर्ने समस्या र चुनौतीहरूलाई तत्काल समाधान गर्दै अघि बढ्दा थप नतिजा आउन सक्ने धारणा व्यक्त गरेका थिए ।

     

    प्रकाशित मिति :श्रावण ३० २०८२ शुक्रवार - १५:५०:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij