Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

गुण्डा नाइके चक्रे मिलनलाई १ लाख १० हजार धरौटीमा रिहा गर्न आदेश

गुण्डा नाइके चक्रे मिलनलाई १ लाख १० हजार धरौटीमा रिहा गर्न आदेश


  • 904
    Shares

    गुण्डा नाइके चक्रे मिलनलाई १ लाख १० हजार धरौटीमा रिहा गर्न आदेश

    काठमाडौं ।  भक्तपुर जिल्ला अदालतले गुण्डा नाइके चक्रे मिलनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

    शुक्रबार अदालतले ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा उनलाई १ लाख १० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो। धरौटी बुझाए लगत्तै उनी रिहा हुनेछन् । 

    सरकारी वकिलले भक्तपुर जिल्ला अदालतमा पूरक अभियोग दायर गरेको थियो । २०८१ भदौ १० मा दिव्यश्वरी टाउन प्लानिङ स्थित बड्डाको तावामा उनको योजनामा मनिष रायमाझीमाथि खुकुरी प्रहार भएको आरोप थियो ।

    जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिवप्रसाद खनालको इजलासले सानुभाइलाई २५ हजार र ओम्नियाका सञ्चालक गुरुङलाई २० हजार धरौटीमा छाड्न आदेश दिएको हो । रवीन्द्र र दीलबहादुर पनि २०-२० हजार धरौटीमा रिहा भएका छन् ।

    त्यसबेला सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ४ घर भएका २५ वर्षीय खवास गत वर्ष पक्राउ परेर छुटेका थिए । चक्रेको वतन नखुलेपछि मुद्दा विचाराधीन थियो । हाल वतन खुलेपछि बयान लिएर अनुसन्धान प्रतिवेदन पेस गरिएको थियो ।

    साउन १५ मा जन्मदिन मनाउँदा महाराजगञ्ज स्थित साम्बाला होटलबाट पक्राउ परेका चक्रे काठमाडौं जिल्ला अदालतबाट ३० हजार धरौटीमा छुटेका थिए । उनलाई काठमाडौं प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएको थियो । लगत्तै उनलाई त्यहाँबाट पक्राउ गरेर भक्तपुर लगिएको थियो।

    गोखार छोप्राक घर भएका चक्रे २०५० सालदेखी गुण्डागर्दीमा छन् । पछिल्लो समय उनी २०७४ वैशाख २६ मा पनि महाराजगञ्जबाट पक्राउ परेर छुटेका थिए ।

    प्रकाशित मिति :श्रावण ३० २०८२ शुक्रवार - १५:४१:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij