Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

नेपाल इन्स्योरेन्सले ३१ करोड ६४ लाख नाफा कमायो, यस्तो छ वित्तीय अवस्था

नेपाल इन्स्योरेन्सले ३१ करोड ६४ लाख नाफा कमायो, यस्तो छ वित्तीय अवस्था


  • 379
    Shares

    नेपाल इन्स्योरेन्सले ३१ करोड ६४ लाख नाफा कमायो, यस्तो छ वित्तीय अवस्था

    काठमाडौं ।  नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१ /८२ को चौथोे त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार समीक्षा वर्षमा कम्पनीले ३१ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

    अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३० करोड ३७ लाख नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा सामान्य बढेको हो । कम्पनीको महाविपत्ति कोषमा ११ करोड १२ लाख रुपैयाँ रहेको छ । महाविपत्ति कोषमा ९ करोड ५४ लाख रुपैयाँ रहेको थियो ।

    १ अर्ब ८९ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको समीक्षा अवधिसम्ममा रिटेन्ड अर्निङमा १६ करोड २२ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा १० करोड २९ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा २६ करोड ४४ लाख रुपैयाँ रहेको थियो ।

     समीक्षा वर्षमा कम्पनीले १ अर्ब ८३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन बढेको हो ।

    यस समीक्षा वर्षमा कम्पनीले पुनर्बीमा मार्फत ८८ करोड ६३ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८५ करोड ६१ लाख रुपैयाँ खर्चिएको थियो ।

    कम्पनीले समीक्षा वर्षमा ९५ करोड ५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ७१ करोड ३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन बढेको हो ।

    समीक्षा वर्षमा कम्पनीको प्रति शेयर आम्दानी १६ रुपैयाँ ७४ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ३८.५५ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ८८ पैसा रहेको छ ।

    प्रकाशित मिति :श्रावण ३० २०८२ शुक्रवार - १५:१७:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij