Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

कामना सेवा विकास बैंकद्वारा इलाका प्रहरी कार्यालय बुटवललाई प्रिन्टर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा इलाका प्रहरी कार्यालय बुटवललाई प्रिन्टर हस्तान्तरण


  • 750
    Shares

    कामना सेवा विकास बैंकद्वारा इलाका प्रहरी कार्यालय बुटवललाई प्रिन्टर हस्तान्तरण

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत इलाका प्रहरी कार्यालय, बुटवललाई एउटा प्रिन्टर हस्तान्तरण गरेको छ।

    बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर राना लाई प्रिन्टर हस्तान्तरण गरेका थिए ।

    प्रहरी नायब उपरीक्षक रानाले उक्त प्रिन्टर प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सहायता शाखामा प्रयोग गरिने जानकारी दिए । यसबाट सेवा प्रवाह अझ प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे ।

    कार्यक्रममा बोल्दै बैंकका सञ्चालक तुलाचनले समुदायप्रतिको आफ्नो उत्तरदायित्वलाई बैंकले निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

    प्रकाशित मिति :श्रावण ३० २०८२ शुक्रवार - १५:१२:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij