२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौं । एनआईसी एसिया बैंकले गत आर्थिक वर्ष २०८१\८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। एनआईसी एसिया बैंकको वित्तीय स्वास्थ्य कमजोर बन्दै गएको छ ।
आज प्रकाशित वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले १६ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले ७० करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा ७६.९७ प्रतिशतले घटेको छ।
समीक्षा वर्षमा बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब २१ करोड १८ लाख रुपैयाँले ऋणात्मक रहेको छ भने अघिल्लो वर्ष पनि वितरणयोग्य मुनाफा २ अर्ब ६६ करोड ६९ लाख रुपैयाँले ऋणात्मक थियो। समीक्षा वर्षमा पनि बैंकले लाभांश वितरण गर्न नसक्ने भएको छ।
समीक्षा वर्षमा बैंकको सञ्चालन मुनाफा १ अर्ब २७ करोड २१ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा २ अर्ब ३ करोड ३७ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि ३७.४४ प्रतिशतले घटेको छ।
गत आर्थिक वर्षमा बैंकले १० अर्ब २५ करोड ६२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ भने अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १० अर्ब ७६ करोड ३२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो।
चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङमा ५ अर्ब २१ करोड १८ लाख रुपैयाँले ऋणात्मक रहेको छ भने रिजर्भमा १९ अर्ब ८१ करोड ६० लाख रुपैयाँ रहेको छ।
अघिल्लो वर्ष पनि रिटेन्ड अर्निङ २ अर्ब ६६ करोड ६९ लाख रुपैयाँले ऋणात्मक थियो भने रिजर्भमा १७ अर्ब २६ करोड ८९ लाख रुपैयाँ थियो।
बैंकले ३ खर्ब १९ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ३ खर्ब ५४ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २५ अर्ब ९७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।
बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर १.८७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल १.४४ प्रतिशत थियो।
बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर १६.५४ रुपैयाँ कायम भएको छ। अपीई रेसियो ३८७.८२ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १९७.३० रुपैयाँ रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij