Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

सरकारी तथ्यांक र सेनाले गरेको शव व्यवस्थापनको ‘डाटा’ मेल खाँदैन, किन सरकारले लुकाउँदैछ कोरोनाबाट मृत्यु हुनेको संख्या ?

सरकारी तथ्यांक र सेनाले गरेको शव व्यवस्थापनको ‘डाटा’ मेल खाँदैन, किन सरकारले लुकाउँदैछ कोरोनाबाट मृत्यु हुनेको संख्या ?


  • 5.7K
    Shares

    सरकारी तथ्यांक र सेनाले गरेको शव व्यवस्थापनको ‘डाटा’ मेल खाँदैन,  किन सरकारले लुकाउँदैछ कोरोनाबाट मृत्यु हुनेको संख्या ?

    काठमाडौं । सरकारले मंगलबार देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ रहेको तथ्यांक सार्वजनिक गर्‍यो । यो संख्या देशभरको हो । तर नेपाली सेनाले काठमाडौं उपत्यकामा मात्रै मंगलबार ५० वटा शवको व्यवस्थापन गरेको जानकारी दियो ।

    सरकारले सार्वजनिक गरेको तथ्यांक र सेनाले व्यवस्थापन गरेको शवको संख्या यसअघि पनि फरक पर्दै आएको थियो । तर पछिल्लो १० दिनको सरकारी विवरण र सेनाको संख्या हेर्ने हो भने सरकारी तथ्यांकभन्दा सेनाले बढी शव व्यवस्थापन गरेको देखिन्छ ।

    अहिलेसम्म सरकारी विवरणभन्दा बढी सेनाले २४१ जना मृतकको शव व्यवस्थापन गरेको तथ्यांकले देखाउँछ । वैशाख १० गतेपछि पनि सरकारले सार्वजनिक गरेको मृतकको संख्या र शव व्यवस्थापनको संख्या फरक छ ।

    सरकारी तथ्यांकअनुसार वैशाख १० गतेसम्म नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या तीन हजार १२२ थियो । सोही दिनको सेनाको तथ्यांकमा तीन हजार १६३ शव व्यवस्थापन भइसकेको देखिन्छ ।

    त्यसपछिका दिनमा पनि सेना र सरकारी तथ्यांक लगातार फरक देखिएको छ । नेपाली सेनाले यही वैशाख १० देखि २० गतेसम्म मात्रै ४५५ शव व्यवस्थापन गरेको जनाएको छ । 

    सेनाको तथ्यांकानुसार हालसम्म कोरोनाबाट मृत्यु भएका तीन हजार ६०३ वटा शव व्यवस्थापन भइसकेको छ । यो सोमबारसम्मको तथ्यांक हो । मंगलबारको सबै तथ्यांक आइनसकेको सेनाले जनाएको छ ।

    तर सरकारले नेपालमा सोमबारसम्म जम्मा तीन हजार ३६२ जना कोरोनाले मृत्यु भएको जनाएको छ ।  यसरी हेर्दा सरकारी तथ्यांक र सेनाले गरेको शव व्यवस्थापनको ‘डाटा’ भने मेल खाँदैन । 

    यो कुराबाट थाहा हुन्छ की सरकारले कोरोनाबाट ज्यान गुमाएको तथ्यांक लुकाएको देखिन्छ ।  सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेल नेपाली सेनाले जुनसुकै समयमा पनि शव व्यवस्थापन गरिरहेको बताउँछन् । 

    प्रकाशित मिति :बैशाख २२ २०७८ बुधवार - १५:०७:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij