२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को चौथोे त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको अधिकांश सूचक बढेको छ।
वित्तीय विवरणअनुसार समीक्षा वर्षमा कम्पनीले २१ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड २२ लाख नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ३९.२२ प्रतिशतले बढेको हो
कम्पनीले १ अर्ब ८३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन बढेको हो ।
यस समीक्षा वर्षमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब २० करोड रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १३ करोड रुपैयाँ खर्चिएको थियो ।
कम्पनीले ६३ करोड ४९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क आर्जन १०.७६ प्रतिशतले बढेको हो ।
कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ७० पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ६२ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ २३५रुपैयाँ रहेको छ ।
१ अर्ब ४४ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको समीक्षा अवधिसम्ममा रिटेन्ड अर्निङमा ४४ करोड ४३ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा १६ करोड ३५ लाख रुपैयाँ रहेको छ । समीक्षा वर्षसम्म कम्पनीको महाविपत्ति कोषमा १० करोड २६ लाख रुपैयाँ रहेको छ । स्पेसल रिर्जभमा १ अर्ब २३ करोड रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij