Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

प्राइम कमर्सियल बैंकको नाफा ४ अर्ब २ करोड, प्रतिसेयर आम्दानी कति ?

प्राइम कमर्सियल बैंकको नाफा ४ अर्ब २ करोड, प्रतिसेयर आम्दानी कति ?


  • 337
    Shares

    प्राइम कमर्सियल बैंकको नाफा ४ अर्ब २ करोड, प्रतिसेयर आम्दानी कति ?

    काठमाडौं ।  प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८१\८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

    बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार  ४ अर्ब २ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्ष २०८०\८१ को तुलनामा ५२ करोड ४४ लाख रुपैयाँ बढी रहेको हो। अघिल्लो वर्ष बैंकको खुद नाफा ३ अर्ब ५१ करोड रुपैयाँ थियो। 

    बैंकले आर्थिक वर्ष २०८१\८२ मा ८ अर्ब ८२ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको ७ अर्ब ८८ करोड २६ लाख रुपैयाँभन्दा ९३ करोड ९८ लाख बढी हो। 

    गत वर्ष १ अर्ब ६३ करोड ६७ लाख रुपैयाँ प्रोभिजन थप गरेको बैंकले यस वर्ष १ अर्ब ४१ करोड ९५ लाख रुपैयाँ मात्र प्रोभिजन गरेको छ, जसले नाफा वृद्धिमा सहयोग पुर्‍याएको छ।

    बैंकले ६४ करोड रुपैयाँ नेट ट्रेडिङ इन्कम र अन्य सञ्चालन आम्दानीसहित कुल ९ अर्ब ७४ करोड ८० लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ। यो अघिल्लो वर्षको ८ अर्ब १९ करोड ७४ लाख रुपैयाँभन्दा १ अर्ब ५५ करोड ६ लाख बढी हो। 

    नाफा वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी ९ईपीएस० मा सुधार आएको छ। २०८१ असार मसान्तमा १८.०८ रुपैयाँ रहेको ईपीएस २०८२ असार मसान्तमा २०.७४ रुपैयाँ पुगेको छ।

    बैंकले ४ अर्ब २ करोड नाफामध्ये २ अर्ब ७५ करोड ५६ लाख रुपैयाँ लाभांशका रूपमा वितरण गर्न सक्ने देखिन्छ। गत वर्षको ९९ करोड ५३ लाख रिटेन्ड अर्निङ समायोजन गर्दा २०८२ असार मसान्तसम्मको वितरणयोग्य नाफा २ अर्ब ७८ करोड ८ लाख रुपैयाँ रहेको छ। १९ अर्ब ४० करोड २६ लाख चुक्ता पुँजीका आधारमा बैंकको लाभांश क्षमता १४.३३ प्रतिशत छ, जुन अघिल्लो वर्षको ५.१३ प्रतिशतभन्दा उल्लेख्य सुधार हो।

    बैंकले २ खर्ब ६३ अर्ब ३६ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ ।  यस्तै, कर्जा प्रवाह २९ अर्बले बढेर २ खर्ब १० अर्ब ४६ करोड रुपैयाँ पुगेको छ।

    बैंकको निष्क्रिय कर्जा अनुपात ४.६५ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा सुधार हो। बेसरेट ८.४९ प्रतिशतबाट घटेर ६.४९ प्रतिशत पुगेको छ  । प्राथमिक पुँजी अनुपात १०.६७ प्रतिशतबाट हल्का घटेर १०.३९ प्रतिशत कायम भएको छ। नेटवर्थ प्रतिसेयर १७३.७२ रुपैयाँ र पीई रेसियो १३.३२ रहेको छ।

     

    प्रकाशित मिति :श्रावण ३० २०८२ शुक्रवार - ११:४०:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij