Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

टिकटकर एलिजे जमेलीको नेपाल बसाई शंकास्पद, सुरक्षा निकायको निगरानीमा

टिकटकर एलिजे जमेलीको नेपाल बसाई शंकास्पद, सुरक्षा निकायको निगरानीमा


  • 7.4K
    Shares

    टिकटकर एलिजे जमेलीको नेपाल बसाई शंकास्पद, सुरक्षा निकायको निगरानीमा
    images

    नेपाली युवकसँग बिहे गरेकी विवादास्पद पाकिस्तानी टिकटकर एलिजे जमेलीलाई सुरक्षा निकायले निगरानीमा राखेका छन्। उनका कतिपय गतिविधि शंकास्पद भेटिएका छन् ।

    विगतमा उनी दुबईमा बसेकी थिइन्। उनको नेपाल आगमन र बसाई शंकास्पद देखिएको स्रोत बताउँछ । पाकिस्तानी दूतावाससँग पनि उनको बिशेष सम्बन्ध छ । कतै नेपालसँग निकट भएर कुनै देशविरोधी गतिविधिमा लाग्नसक्ने भएकाले निगरानीमा राखिएको स्रोत बताउँछ । बिहीबार उनी श्रीमानसहित पाकिस्तानी दूतावास गएर राजदूत भेटेकी थिइन्। उनको पृष्ठभुमीबारे अध्ययन भइरहेको एक उच्च प्रहरी अधिकारीले बताइन् ।

    हालै उनी बुढानिलकण्ठमा घर किनेर बसेकी छिन्। आमालाई घरमा बस्न नदिएको तथा गालीगलौच गरेको विषयमा उनीहरुबिरुद्ध अदालतमा मुद्दा समेत परेको छ।

    प्रकाशित मिति :श्रावण ३० २०८२ शुक्रवार - ०७:२६:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij