Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

चिकित्सा शिक्षा आयोगद्वारा सङ्ख्या वृद्धिसहित सिट निर्धारण गर्ने निर्णय

चिकित्सा शिक्षा आयोगद्वारा सङ्ख्या वृद्धिसहित सिट निर्धारण गर्ने निर्णय


  • 1.3K
    Shares

    चिकित्सा शिक्षा आयोगद्वारा सङ्ख्या वृद्धिसहित सिट निर्धारण गर्ने निर्णय
    images

    काठमाडौं । चिकित्सा शिक्षा आयोगले यस शैक्षिक सत्रका लागि सङ्ख्या वृद्धिसहित सिट निर्धारण गर्ने निर्णय गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको चिकित्सा शिक्षा आयोगको २१ औँ बैठकले यस शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाको विभिन्न तह र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को पिसिएल तहको सङ्ख्या वृद्धिसहित सिट निर्धारणको निर्णय गरेको हो । 

    सिंहदरबारमा भएको बैठकमा आयोगको सिट निर्धारण समितिको सिफारिस बमोजिम सो निर्णय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। 

    गत असार ३२ गते भएको आयोगको २० औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण गर्न प्रक्रिया अघि बढाएको थियो ।

     

    प्रकाशित मिति :श्रावण २९ २०८२ बिहिवार - १६:४५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij