२०८२ चैत्र १ गते आइतवार
काठमाडौं । चौध वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका पुतलीसडक बस्ने दोलखा भीमेश्वर नगरपालिका-९ घर भएका २९ वर्षीय शम्भु लामालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका-११ सुन्धारास्थित एक होटलमा ललाइफकाइ ती बालिकालाई लगेर उनले जबरजस्ती करणी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनले बालिकालाई होटलमा दुई दिनसम्म राखेका थिए। पटक(पटक जबरजस्ती करणी गरेको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।
लामालाई हिरासतमा राखेर जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको परिसरले जनाएको छ । लामा गोरखाको एक विद्यालयमा पढाउँथे ।
लामाले आफ्नै विद्यार्थीलाई काठमाडौं ल्याएर होटलमा राखेर करणी गरेको प्रहरीले जनाएको छ । लामा भाग्दै गरेको अवस्थामा बानेश्वरबाट पक्राउ गरेको परिसरले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij