Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

सिरहामा गाँजासहित तीन जना पक्राउ

सिरहामा गाँजासहित तीन जना पक्राउ


  • 3.9K
    Shares

    सिरहामा  गाँजासहित तीन जना पक्राउ

    सिरहा । सिरहाबाट प्रहरीले १२ किलोग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । 

    धनगढीमाई नगरपालिका-११ श्रमजिवी जाने बाटोबाट गाँजासहित तीन जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका-१३ बस्ने २१ वर्षीय राकेश यादव, २१ वर्षीय सुनिल यादव र २० वर्षीय सञ्जय यादव रहेका छन् ।

    स१०प २७३ र स२प ७५८३ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा दुबै मोटरसाइकलमा सवार उनीहरूलाई गाँजासहित फेला पारेको सिरहा प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख २२ २०७८ बुधवार - १३:०४:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij