Logo

२०८२ श्रावण २९ गते बिहिवार

२०८२ श्रावण २९ गते बिहिवार

कारागारको झडपपछि कैलालीका सीडीओ हमाल गृह मन्त्रालय तानिए

कारागारको झडपपछि कैलालीका सीडीओ हमाल गृह मन्त्रालय तानिए


  • 820
    Shares

    कारागारको झडपपछि कैलालीका सीडीओ हमाल गृह मन्त्रालय तानिए

    काठमाडौं । कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाल गृह मन्त्रालय तानिएका छन् ।

    कैलाली कारागारमा भएको यही साउन २३ गते शुक्रबार राति एक जनाको मृत्यु हुनेगरी भएको झडपको घटनामा सीडीओ हमाललाई गृह मन्त्रालय तानिएको हो ।

    गृह मन्त्रालय स्रोतका अनुसार, उनलाई बुधबार गृह तानिएको हो । त्यस्तै कैलालीमा भने दाङका सीडीओ कृष्ण प्रसाद लम्साललाई पठाइएको छ ।

    कैलाली कारागारमा कैदीबन्दीको आक्रमणमा परेर लागुऔषध मुद्दामा कैद भुक्तान गरिररहेका भरत चौधरीको मृत्यु भएको थियो भने ४९ जना कैदीबन्दी घाइते भएका थिए ।

    कैदीबन्दी आक्रामक बन्दा दुई दिनसम्म अवस्था तनावपूर्ण बनेको थियो । मानव अधिकार आयोगको टोलीले पनि कारागार निरीक्षण गरेको थियो ।

    उक्त घटनामा चौधरीमाथि आक्रमण गरेर हत्या गर्ने कैदीबन्दीको पहिचान गरेर कारबाहीको दायरामा ल्याउन माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उनको परिवारले जाहेरी पनि दिएको छ ।

    प्रकाशित मिति :श्रावण २८ २०८२ बुधवार - २१:०५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij